× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८ सय ८८ संक्रमित थपिँदा निको हुनेको संख्या ४ सय ७४

    २ वर्ष पहिले

    साउन-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४० हजार ८ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ५६ हजार ६ सय २८ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ५ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ६१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १९ हजार ५ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८७ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार १ सय ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९९ जना रहेको छ।

    २४ घण्टामा ४ सय ७४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६४ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।