× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन जिल्ला भित्रका सवारीसाधनमा अनिवार्य डस्टबिन राख्नुपर्ने

    २ वर्ष पहिले

    साउन-३१, चितवन जिल्लाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा डस्टबिन राख्नुपर्ने भएको छ ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको समन्वय तथा बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालको विशेष उपस्थितिमा सोमबार बसेको बैठकले साना–ठूला सबै सवारीसाधनमा डस्टबिन राख्नुपर्ने निर्णय गरेको हो ।

    बैठकमा साना–ठूला यातायातका व्यावसायिक संगठनका प्रतिनिधिहरु, जिल्ला ट्राफिक कार्यालय प्रमुख, महानगर यातायात शाखा प्रतिनिधि एवं योगदान राष्ट्रका लागि संस्थाको केन्द्र, जिल्ला र नगर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    योगदान राष्ट्रका लागि नामक संस्थाको अगुवाइमा ‘दुर्घटना न्यूनीकरण तथा स्वच्छ वातावरण हाम्रो सरोकार’ भन्ने नारालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको योगदान राष्ट्रका लागि संस्थाका केन्द्रीय सल्लाहकार ऋतु गिरीले जानकारी दिइन् ।

    सात दिनभित्र लागू हुने गरी साना–ठूला सवारीसाधनमा फोहोरदानी (डस्टबिन) राख्ने सहमति भएको केन्द्रीय सल्लाहकार गिरीले बताइन् ।

    यातायात प्रयोग गर्ने यात्रुहरुले फोहोर निर्दिष्ट ठाउँमा राख्ने तथा चालक तथा सहचालकहरुले पनि फोहोर डस्टबिनमा नै राख्न सबै यात्रुहरुलाई अनुरोध गर्ने गरी योजना तय भएको उनले बताइन् ।

    यस कार्यको परिपालना भए/नभएको अनुगमनका लागि जिल्ला ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीको संयोजकत्वमा, योगदान राष्ट्रका लागिका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी तथा यातायात व्यवसायी संगठन प्रतिनिधि बद्रि पौडेल सदस्य रहने गरी समिति गठन गरिएको छ ।