× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने स्काभेटर, टिपर र ट्याक्टर चितवन प्रहरीको नियन्त्रणमा

    २ वर्ष पहिले

    साउन -३१, अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा चितवन प्रहरीले स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार कार्यालयबाट सादा पोसाकमा खटिएको प्र.नि. सुवास भट्ट सहितको टोलीले चितवन कालिका नगरपालिका वडा नं. ९ जुटपानी स्थित कयर खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा प्र.३-०१-००३ क ७६७९ नं. को स्काभेटर, ना.८ ख २५७१ र ना. ८ ख ८५८८ नं. को टिपर तथा ना. ७ त २६३२ नं. को ट्याक्टर र नं. प्लेट नखुलेको आइसर ट्याक्टरलाई फेलापारी नियन्त्रणमा लिईएको हो।

    नियन्त्रणमा लिएका स्काभेटर, टिपर र ट्याक्टरलाई आवश्यक कारवाहीको लागी कालिका नगरपालिकाको कार्यालय चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।