× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८ सय ४८ संक्रमित थपिँदा निको हुनेको संख्या ५ सय २६

    २ वर्ष पहिले

    साउन-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४१ हजार ६ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ७ सय २२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ५९ हजार ३ सय ५० जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ८ सय ९७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय ४९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख २२ हजार ४ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ६२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९७ जना रहेको छ।

    २४ घण्टामा ५ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७६ हजार ६ सय ९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६८ जना र भेन्टिलेटरमा ४ जना रहेको छ।