× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भारतबाट फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

    २ वर्ष पहिले

    साउन-३१, भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

    आईओसीले पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ ।यस्तै, डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको छ भने हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।

    यसअघि साउन १६ गते डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैया ७६ पैसा र डिजेल १६ रुपैयाा ५६ पैसा घटेर आएको थियो ।लगातार तीन पटक मूल्य घटेर आए पनि सरकारले भने यहाँ मूल्य घटाएको छैन ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९३ डलर हाराहारीमा छ भने डब्लूटीई तेलको मूल्य प्रतिब्यारेल ८८ डलर छ । यो भाउ अझै घट्ने अनुमान छ । दुई महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य पछिल्ला दिनमा घट्दै गएको छ।