× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९०

    २ वर्ष पहिले

    साउन-३१, चितवनमा आज (मंगलबार) १९ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५९ पिसिआर परीक्षण हुँदा १८ र २ जनामा एन्टीजन परीक्षण गर्दा १ जनामा गरि जम्मा १९ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका संक्रमित मध्ये १५ जना भरतपुर महानगरपालिका , १ जना खैरहनी,२ जना रत्ननगर र १ जना कालिका नगरपालिकाको रहेको छ।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९० जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६५, रत्ननगर नगरपालिकाको ४, खैरहनी नगरपालिकाको १४, कालिका नगरपालिकाको एकजना र ईच्छाकामना गाउँपालिकाको ६ जना रहेका छन्।

    संक्रमित मध्ये ५ जना अस्पताल तथा ८५ जना होम आइसोलेसनमा रहेका छन्।