× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८ सय ५२ संक्रमित थपिँदा निको हुनेको संख्या ३ सय २८

    २ वर्ष पहिले

    भदौ-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४२ हजार ५ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ८ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ६३ हजार २ सय २१ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ५ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय २१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख २४ हजार ९ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ५९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३ जना रहेको छ।

    २४ घण्टामा ३ सय २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७६ हजार ९ सय ३७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५९ जना र भेन्टिलेटरमा ७ जना रहेको छ।