२ वर्ष पहिले
भदौ -२, तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी साँस्कृतिक महोत्सव सुरु हुने भएको छ ।
आँबुखैरेनीको थुम्कीचौतारीमा आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गर्ने आयोजकले जानकारी दिएको छ ।
मिलनचोक युवा क्लवको आयोजनामा संचालित महोत्सवको उद्घाटन अघि साँस्कृतिक झाँकी सहित बृहत र्याली निकालिने छ।