२ वर्ष पहिले
भदौ -२, जिल्ला प्रशासन कार्यालय चितवनले नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा भड्किला खालका कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै विगत केही वर्ष यता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा विगत केही वर्षदेखि प्रशासन कार्यालयले त्यस्ता भड्किला कार्यक्रम नगर्न नगराउन सूचना गरेपछि यस्ता क्रियाकलापहरुमा कमी आएको पाइएको जनाएको छ।
सुचनामा आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा संवर्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा भड्किला तीजसँग सम्बन्धित संचालन नगर्न/नगराउन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख अस्मान तामाङ द्वारा हस्तारिक्षत सूचनामा ऐननियम विपरीत हुनेगरी कोही कसैले अनावश्यक भड्किलोरुपमा तामझाम, तडकभडक र खर्चिलो कार्यक्रममा नेगरी तीज कार्यक्रमहरु गरे/गराएमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
साथै, प्रशासनले सु-संकारयुक्त सामाजिक व्यवहार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्थाहरु, संचारकर्मी, महिला संजाल तथा सम्पूर्ण जिल्लावासीबाट सहयोगको अपेक्षासमेत गरेको जनाएको छ ।