× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कुरिनटारमा गुडिरहेकाे ट्रककाे पछाडी ठाेक्कदा माेटरसाइकलमा सवार २ घाईते ।

    २ वर्ष पहिले

    भाद्र ३, कुरिनटार ।
    कुरिनटारमा राति गुडिरहेकाे ट्रककाे पछाडी ठाेक्किदा माेटरसाईकलमा सवार २ घाईते भएका छन् । प्रहरी चाैकि कुरिनटारले दिएकाे जानकारी अनुसार राति ०३:३० बजेको समयमा काठमांडौ बाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख ५९१३ नं को ट्रककाे पछाडी सोहि दिशा तर्फ जादै गरेको बा ८८ प ५३०१ नं को मोटरसाइकल ठोक्किदा माेटरसाईकलमा सवार दुईजना घाईते भएकाे प्रहरीले जनाएकाे छ । गम्भिर घाईते भएका उनिहरुलाई उपचारको लागि भरतपुर cms तर्फ पठाईएको र उनीहरुकाे नाम वतन भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाका कारण केही बेर अबरुद्व बनेकाे राजमार्ग प्रहरीकाे सकृयतामा खुलाएकाे छ । दुर्घटनामा परेका ट्रक, माेटरसाईकल र चालकलाई प्रहरी चाैकि कुरिनटारले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।