× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    भदौ-३, आज (शुक्रबार) पनि सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ११ सय ८५ रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ९५ रूपैयाँमा कारोबार भएको थियोे।