× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६ सय २३ संक्रमित थपिँदा निको हुनेको संख्या ४ सय ८७

    २ वर्ष पहिले

    भदौ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४३ हजार ६ सय ९७ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ६ सय २१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ६६ हजार ९ सय २९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ हजार ३ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ३१ हजार १ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ८ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९० जना रहेको छ।

    २४ घण्टामा ४ सय ८७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७७ हजार ८ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४९ जना र भेन्टिलेटरमा ९ जना रहेको छ।