× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ स्थिर चाँदीको घट्यो

    २ वर्ष पहिले

    भदौ-५, आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउ स्थिर बसेको छ भने चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ ।

    शुक्रबारपनि छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।