२ वर्ष पहिले
भदौ-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४४ हजार ९ सय ४० जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ७३ हजार ७ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ३ हजार २ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ५३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ३८ हजार ६ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ६२ जना रहेको छ।
२४ घण्टामा ४ सय ५६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७९ हजार ३ सय ५७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५० जना र भेन्टिलेटरमा १ जना रहेको छ।