२ वर्ष पहिले
भदौ-६, चितवनमा आज (सोमबार) १८ कोरोना संक्रमित थपिदा १९ संक्रमित निको भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५० पिसिआर परीक्षण हुँदा १४ र १४ एन्टीजन परीक्षण गर्दा ४ जनामा गरि जम्मा १८ जनामा संक्रमण देखिएको हो।
आज थपिएका १८ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको १७ र खैरहनी नगरपालिकाको १ जना रहको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ८३ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७२, रत्ननगर नगरपालिकाको २, खैरहनी नगरपालिकाको ७, कालिका र माडी नगरपालिकाका एक/एक जना रहेका छन्।
संक्रमित मध्ये ३ जना अस्पताल तथा ८० जना होम आइसोलेसनमा रहेका छन्।