× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न निर्वाचन आयोगको पत्र

    २ वर्ष पहिले

    भदौ -६, निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएर आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तह लगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भए कारबाही गर्न आग्रह गरेके हो ।

    आयोगले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा कार्यरत, स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनैपनि सार्वजनिक पद धारणा गरेको व्यक्ति संविधान अनुसार राजनीतिक दलको सदस्य हुन नसक्ने बताएको छ ।