× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा

    २ वर्ष पहिले

    भदौ -७, चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

    जिल्लामा बन्दको सामान्य प्रभाव परेको उनले बताए । लामो दुरीका सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।

    चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।