× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आजपनि सुन तथा चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    भदौ-७, आज (मंगलबार)पनि सुन तथा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ६५ रूपैयाँमा कारोबार भएको थियोे।