२ वर्ष पहिले
भदौ-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४५ हजार ५ सय ७४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ७६ हजार ५ सय ५३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार १ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ९१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ४० हजार ८ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७७ जना रहेको छ।
२४ घण्टामा ४ सय १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७९ हजार ७ सय ७४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५२ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।