२ वर्ष पहिले
भदौ-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४६ हजार ६१ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ७८ हजार ३ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ३ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ४३ हजार १ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय २३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७५ जना रहेको छ।
२४ घण्टामा १ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७९ हजार ९ सय ३८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५० जना र भेन्टिलेटरमा २ जना रहेको छ।