× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४ सय ४४ संक्रमित थपिँदा ३ जनाको मृत्यु

    २ वर्ष पहिले

    भदौ-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४६ हजार ५ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ८० हजार ३ सय ५५ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ९ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ३३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ४६ हजार १ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार २६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७६ जना रहेको छ।

    २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८० हजार २ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५० जना र भेन्टिलेटरमा २ जना रहेको छ।