× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विद्यालय कर्मचारी परिषद्को आन्दोलन: चितवनका सामुदायिक विद्यालयहरु भाद्र १२ गते देखि एक साता बन्दको घोषणा

    २ वर्ष पहिले

    भदौ-११, चितवनका सामुदायिक विद्यालयहरु भाद्र १२ गते आइतबारदेखि एक साता बन्द गरिने भएको छ ।

    तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै विद्यालय बन्द हुने भएको हो । परिषद्को चितवन शाखाले विज्ञप्ति जारी गर्दै देशभर नै आन्दोलनका कार्यक्रम घोषणा भएको भन्दै चितवनको सातै पालिकाका सामुदायिक विद्यालय पनि बन्द हुने जानकारी दिएको छ ।

    कर्मचारीहरुले शैक्षिक योग्यता, कार्य दक्षता र क्षमता अनुसार पारिश्रमिक नपाएको भन्दै परिषद्ले आन्दोलन गरिरहेको छ । आन्दोलनको कार्यक्रमका सफल पार्नका लागि आवश्यक सहयोग गरिदिन परिषद्ले विज्ञप्ति मार्फत आग्रह गरेको छ । परिषद्ले बन्द कार्यक्रमलाई सहजिकरण गरिदिन सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार समेत गरेको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षक मन्त्रालय मार्फत भएका सम्झौताहरु कार्यान्वयन गराउन पटक पटक शान्तिपूर्ण ढङ्गबाट माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै परिषद् आन्दोलित भएको छ । चालू आर्थिक वर्षको बजेटमा समेत निजामती कर्मचारी तथा शिक्षकहरुको तलब १५ प्रतिशतले वृद्धि हुँदा कर्मचारीको हकमा लागू नभएकोले परिषद्ले बताएको छ । परिषद्ले चरणवद्ध आन्दोलनमा साथ दिने सबै पेशागत संस्थाहरुलाई धन्यवाद व्यक्त गरेको छ ।