× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज गुँला पर्व समापन

    २ वर्ष पहिले

    भदौ -१२, एक महिना स्वयम्भु महाचैत्य लगायत बौद्ध विहार वहाः वही परिक्रमा गरी मनाइएको गुँला पर्व आइतबार समापन हुँदैछ । सांस्कृतिक महत्वको यो पर्व साउन १३ गते सुरु भएको थियो ।

    एक महिनाको यो पर्वमा बाजागाजा सहित बौद्ध स्तुती पारायण गर्दै काठमाडौँका सवै विहार वही लगायतबाट सयौँ बौद्धमार्गी सहभागी भएर, आइतबार झिसमिसेमा भव्य जनसहभागितावीच यो पर्व सकिँदैछ ।

    गुँला समापनसँगै आइतबार साँझदेखि नै शक्तिपीठ परिक्रमा गरिने यँलापर्व सुरु भएको छ । गुँलामा बिहान बौद्ध चैत्य र यँलामा साँझ शक्तिपीठ परिक्रमा गरिन्छ ।

    काठमाडौँ सिद्धिचरणचोक दफ्तरका सत्यनारायण मानन्धरका अनुसार पचली भैरव, कङ्केश्वरी, लुचुभुलु अजिमा, विजेश्वरी, रक्तकाली लगायतका शक्तिपीठमा पाठ पारायणका साथ गुँलामा सहभागी भएकाले शक्तिपीठ परिक्रमा गर्ने चलन छ । पशुपति क्षेत्रमा जेष्ठ नागरिकको अगुवाइमा आकाश भैरवका गुठियारद्धारा भइरहेको गुँला उत्सवपनि आइतबार नै सकिएर यहाँ पनि यँला सुरु हुन्छ ।