२ वर्ष पहिले
भदौ-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४७ हजार २ सय ४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ६४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ८४ हजार ७ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ७ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ५२ हजार १ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार १ सय ५१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ६२ जना रहेको छ।
२४ घण्टामा ४ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८१ हजार ५ सय २१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४४ जना र भेन्टिलेटरमा १ जना रहेको छ।