× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन छ : उपमेयर डंगोल

    २ वर्ष पहिले

    भदौ-१२, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएका हुन् ।

    आइतबार वक्तव्य जारी गर्दै उपप्रमुख डङ्गोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गर्दै त्यसबारे आफू सचेत रहेको स्मरण गराएका छन् ।

    ‘केही दिनदेखि मुख्य गरेर केही अनलाइनहरूले महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आममहानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ ।’ वक्तव्यमा भनिएको छ।