२ वर्ष पहिले
भाद्र १२, मुग्लिन
अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डको केराबारीमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । राति ९ बजे लेदो सहित आएको पहिराले राजमार्ग ढाकिदा यातायात अबरुद्ध बन्न पुगेको हो । पहिरो हटाउने काम भइरहेको र थप पहिरो नखसे हटाउन ६ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।