× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज ऋषिपञ्चमी पर्व मनाइँदै

    २ वर्ष पहिले

    भदौ-१६, आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी सप्तर्षीको पूजाआजा गरी यो पर्व मनाउँदै छन् । सप्तऋषिको पूजागर्ने भएकाले यस दिनलाई ऋषिपञ्चमी पर्व भनिएको हो । आज तीजको अन्तिम दिन समेत भएकाले महिलाहरुले अरुणधत्ती सहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जम दग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समापन गरिन्छ ।

    यस पर्वमा ब्रतालु महिलाले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुणधत्ती सहित सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने चलन छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाने चलन छ ।

    भविष्य पुराणमा उल्लेख भएअनुसार ब्रम्ह हत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको छ । सप्तऋषिहरु वशिष्ठ तथा पतिब्रता अरुणधत्तीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा सम्बृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास गरिन्छ ।

    ऋषिपूजा पछि नाचगान र भजनकृतन गरेमा तीजको ब्रत पुर्ण हुन्छ भन्ने पनि सामाजिक मान्यता छ । ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा आज विशेष मेला लागेको छ ।