× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिरोका कारण अबरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

    २ वर्ष पहिले

    भदौ -१६, पहिरोका कारण अबरुद्ध बन्न पुगेको मुग्लिन नारायणगढ सडकखण्ड ८ घण्टापछि खुलेको छ ।

    मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २९ केराबारी बिहान ६:०० बजे माथिबाट लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक दुईतर्फी खुलेको र सोह्र किलो भन्ने स्थानमा सडक भासिएकोले बाटो एकतर्फी मात्र खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएका हुन्।

    प्रहरी कार्यालयले सोह्र किलो भन्ने स्थानमा सडक भासिएर एकतर्फी मात्र खुलेको हुँदा चालकहरुलाई नियमपूर्वक आफ्नो लेनमा सवारी चलाउन अनुरोध गरेको छ।