२ वर्ष पहिले
भदौ-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार २ सय २७ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ७ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९१ हजार ९ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ८ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ६० हजार २ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ५८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५४ जना रहेको छ।
२४ घण्टामा २ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८२ हजार ३ सय ६६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या१ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४६ जना र भेन्टिलेटरमा ७ जना रहेको छ।