× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    सरकारले डिजेल तथा मट्टितेलको भाउ बढायो

    २ वर्ष पहिले

    भदौ -१७, सरकारले डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । बिहीबार साँझ नेपाल आयल निगम सञ्चालक समितिको बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

    मूल्य वृद्धिसँगै प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ । निगमले पेट्रोल, ह्वाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै कायम गरेको छ ।

    हाल प्रतिलिटर पेट्रोलको मूल्य १८१, हवाइ इन्धन (आन्तरिक) १९०, हवाइ इन्धन (बाह्य) १.६४५ डलर र एलपी ग्यास (प्रतिसिलिन्डर) १ हजार ८ सय रुपैयाँ रहेको छ ।