× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मौरी पुल र १८ किलोको पहिरोले मुग्लिन-नारायणगढ सडक अबरुद्ध

    २ वर्ष पहिले

    भाद्र १७, मुग्लिन
    मुग्लिन-नारायणगढ सडक खण्ड विहान देखि पुनः अबरुद्ध बनेको छ । भरतपुर महानगरपालिका वडा नं. २९ अन्तरगत मौरी पुल र १८ किलोमा पहिरो खस्दा विहान ८ बजे देखि राजमार्ग अबरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र यादवले हाइवे समाचारलाई जानकारी दिएका छन् । पहिरो हटाउने काम भइरहेको र थप पहिरो नखसे बढीमा एक घण्टामा दुवै ठाउको पहिरो हटाइ यातायत दुइ तफी नै सञ्चालन गर्न सकिने सहायक निरिक्षक यादवले जनाएका छन् । यद्यपि वर्षा भइरहेको कारण थप पहिरो खसेर राजमार्ग अबरुद्ध हुन सक्ने सम्भावना रहेकोले आजको दिन राजमार्गको अवस्था जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिन्छ ।