× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पर्वतका कांग्रेस नेता नवराज गुरुङ जिल्लाका सबै क्षेत्रबाट, सबै पदमा सिफारिस

    २ वर्ष पहिले

    भदौ -१८, नेपाली कांग्रेस पर्वतका नेताले नवराज गुरुङले आगामी निर्वाचनका लागि सबै क्षेत्रबाट दाबी गरेका छन् । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेकोमा, उनले प्रत्यक्ष र समानुपातिक दुवै कोटामा नाम लेखाएका हुन् ।

    प्रदेशसभा (क) मा उनी प्रत्यक्ष चुनाव लड्नका लागि आवेदन दिएका छन् । पर्वत ‘ख’ बाट पनि प्रत्यक्ष र समानुपातिक दुवै कोटामा नाम लेखाएका छन् । नेपालभरि नै यति धेरै क्षेत्रमा एउटै व्यक्तिले दुवै कोटाबाट नाम लेखाउने सम्भवतः उनै पहिलो व्यक्ति हुन् ।

    अघिल्लो निर्वाचनमा गुरुङ पर्वत (क) बाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लडेका थिए । २०७० मा संविधानसभा निर्वाचनको टिकट पनि उनैले पाएका थिए । संविधानसभा चुनावमा एमालेका विकास लम्सालसँग पराजित उनी २०७४ मा माओवादीका नेत्रनाथ अधिकारीसँग हारे ।

    पर्वतको प्रतिनिधिसभा निर्वाचनका लागि गुरुङसँगै १८ जनाले प्रत्यक्ष चुनाव लड्न आकांक्षा देखाएका छन् । कांग्रेस नेता अर्जुनप्रसाद जोशी र पूर्वसांसद तथा कांग्रेसका पूर्व मुख्यसचिव ऋषिकेश तिवारीले समेत नाम लेखाएका छन् ।