२ वर्ष पहिले
भदौ-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार ४ सय २७ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ९२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९४ हजार ९ सय ११ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार १ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ६३ हजार ६ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ४ सय ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४८ जना रहेको छ।
२४ घण्टामा ३ सय ३९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार १ सय ३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३९ जना र भेन्टिलेटरमा ६ जना रहेको छ।