× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १ सय ४२ संक्रमित थपिँदा निको हुनेको संख्या २ सय ३०

    २ वर्ष पहिले

    भदौ-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४८ हजार ५ सय ६८ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ७ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९६ हजार ६ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ६ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ६५ हजार ३ सय ३४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ८५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४३ जना रहेको छ।

    २४ घण्टामा २ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार ३ सय ३३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३८ जना र भेन्टिलेटरमा ४ जना रहेको छ।