× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राप्रपा अध्यक्ष लिङदेनले गरे सांसद पद त्यागको घोषणा

    २ वर्ष पहिले

    भदौ -१९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका छन्।

    आइतबार प्रतिनिधि सभाको बैठकमा विषय समय लिएर बोल्दै उनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्। “चुनावको घोषणपछि अब म संसद्मा आउँदिनँ, भत्ता पकाउनकै लागि आउँदिन भन्ने सोचेको थिएँ,” उनले भने, “चुनावी तयारीमै व्यस्त हुन खोजेको थिएँ। तर म्याद बढाउन खोजेपछि बोल्नकै लागि आएको हुँ।

    उनले प्रतिनिधि सभाको म्याद लम्बाउन तयारीको विरोधमा सांसद पद त्यागको घोषणा गरेका हुन्। चुनाव घोषणा भएसँगै प्रतिनिधि सभाको कार्यकाल सकिने उल्लेख गर्दै अब तलब, भत्ता र सुविधाका लागि संसद् लम्ब्याइराख्नु उचित नभएको उनको भनाइ थियो।

    “यहिँबाट घोषण गर्न चाहन्छु, म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन। समामुखलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा आउने तलबभत्ता सुविधा रोकियोस्,” उनले भने, “यस्तो अनैतिक काममा लाग्न मेरो अन्तरआत्माले मानेनन्।”