× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भदौ २५ देखि मनकामना केबलकार नियमित सञ्चालनमा आउने

    २ वर्ष पहिले

    भदौ-२०, नेपालकै पहिलो केबलकार मनकामना केबलकार भदौ २५ देखि नियमित सञ्चालनमा आउने भएको छ।

    स्तरोन्नतिका लागि साउन २३ गते देखि बन्द रहेको केबलकार सेवा प्रक्षेपण गरिएको समय भन्दा एक हप्ता अगावै कार्य सम्पन्न हुने भएकोले भदौ २५ गते शनिबार देखि नियमित सञ्चालनमा आउने भएको हो ।

    मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा साउने २३ देखि बन्द गरी केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने कार्य प्रक्षेपण गरिएको समय भन्दा पहिले सकिने हुँदा भदौ २५ गतेदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

    केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागि अष्ट्रियन प्राविधिकहरु ले काम गरिरहेका छ।