× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र मधेश प्रदेशमा मेघ गर्जन,चट्याङ सहित भारी वर्षाको सम्भावना

    २ वर्ष पहिले

    भदौ -२१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ र मधेश प्रदेशमा मेघ गर्जन,चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।