× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ३० संक्रमित थपिँदा निको हुनेको संख्या ७८

    २ वर्ष पहिले

    भदौ-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ३ सय १९ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ९ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख २ हजार १ सय २३ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ८ सय ८० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८१ हजार ३ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ८० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय २५ जना रहेको छ।

    २४ घण्टामा ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार ७ सय १ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार ९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३२ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।