× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    असोज १५ देखि २० गतेसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने, असोज १ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुने

    २ वर्ष पहिले

    भदौ-२२, दसैंको षष्ठी अर्थात् फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्ट(असोज १५ देखि २० गते)सम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ ।

    यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै षष्ठीदेखि एकादशी (दसैंको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो ।

    दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।

    आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सार्वजनिक गाडीहरुको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।

    दसैंको सार्वजनिक यातायात, सडक सुरक्षा, अनलाइन टिकट बुकिङ, कोरोना सुरक्षा लगायतका सन्दर्भमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, सुरक्षा निकाय लगायत सरोकारवाला व्यक्तित्वहरुसँग मंगलबार ९ बुँदे सहमति भएको छ ।