× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन प्रहरीद्वारा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एक स्काभेटर सहित ५ टिपर नियन्त्रणमा

    २ वर्ष पहिले

    भदौ-२२, चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनमा अवस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा एक स्काभेटर सहित ५ टिपर नियन्त्रण लिएको छ ‌‌।

    ईलाका प्रहरी कार्यालय मुग्लिङ बाट खटिएको प्रहरी टोलीले मंगलबार ईच्छाकामना गाउँपालिका वडा नं. ६ रिग्दि खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा ना १ क ७९६४ नं. को एक्साभेटर, बा.प्र. ०३ ००१ ख १६१०, क. २ ख ४४११ , ना. ८ ख ८३२२, बा.प्र. ०३- ००१ ख ०६३४ र बा.प्र. ०३- ००१ ख ०८६५ नम्बरको टिपरलाई फेलापारी नियन्त्रणमा लिईएको हो।

    नियन्त्रणमा लिएको स्काभेटर तथा टिपरलाई आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय भरतपुर पठाएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।