२ वर्ष पहिले
भदौ-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ५ सय ४६ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ५ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ३ हजार ६ सय ४१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ८ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८४ हजार २ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ७० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३ जना रहेको छ।
२४ घण्टामा १ सय ६८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८३ हजार ८ सय ६९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २२ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।