२ वर्ष पहिले
भदौ -२५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का भइरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।