× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ स्थिर

    २ वर्ष पहिले

    भदौ-२६, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ स्थिर बसेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर बसेर छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि स्थिर बसेर प्रतितोला ११ सय ५० रूपैयाँ कायम भएको छ। अघिल्लो शुक्रबार चाँदी प्रतितोला ११ सय ५० रूपैयाँमा नै कारोबार भएको थियोे।