× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १ सय ४ संक्रमित थपिँदा निको हुनेको संख्या २ सय १

    २ वर्ष पहिले

    भदौ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४९ हजार ९ सय ६५ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ५ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ८ हजार ३ सय ६९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ९ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ८१ हजार ३ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय ६६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८० जना रहेको छ।

    २४ घण्टामा २ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८४ हजार ४ सय १३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १४ जना र भेन्टिलेटरमा १ जना रहेको छ।