× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेवि संघले जलायो राष्ट्रपतिको पुत्ला

    २ वर्ष पहिले

    भदौ -२६, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

    दुवै सदनबाट अनुमोदन भएको विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले राजनीतिक आधारमा प्रमाणीकरण गर्न ढिलाइ गरिरहेको भन्दै नेविसंघले आइतबार बिहानै पुत्ला दहन गरेको छ ।

    नेविसंघका नेता कार्यकर्ताले त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला जलाएका हुन् । विद्यार्थीले पुत्ला जलाउँदै चर्को नाराबाजीसमेत गरेका थिए ।

    प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ । उनीहरूले छिटोभन्दा उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् ।