× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको नारायणी मनिट्रान्सफरबाट हतियार देखाएर रकम लुट्ने अटोचालक पक्राउ

    २ वर्ष पहिले

    भदौ -२८, चितवनको नारायणी मनिट्रान्सफरमा धारिलो हतियार देखाई रकम लुट्ने अटोचालक मिनमान सुनार पक्राउ परेका छन्।

    गत भदौ २६ गते दिउँसो १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४, स्थित जेम्स वल्ड फनपार्क नजिक रहेको पूर्ण शंकर गौतमको घरमा सँचालनमा रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र कालो माक्स लगाएर धारिलो हतियार देखाई काउन्टरमा बसिरहेकी मनि ट्रानसफरको स्टाफलाई मारिदीने डरत्रास, धम्की दिई उक्त मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद रकम २ दुई लाख ४ हजार २ सय ५० रुपैयाँ लुटी फरार भएका थिए।

    चोरी भएपछि तत्कालै प्रहरीलाई घटनाको जानकारी दिए पछि सिसिटिभी फुटेजलगायतको सहायतामा अनुसन्धान गर्दै जाँदा प्रहरीले २४ घण्टा भित्रमै लुटपाट गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भयो । लुटपाटमा संलग्न नवलपरासी घर भई हाल भरतपुर–१६ मा डेरागरि बस्ने ४२ वर्षीय अटोचालक सुनारलाई मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीले उनको साथबाट चोरी भएको नगदसहित हातहितयार र अन्य सामग्री बरामद गरेको छ ।

    पक्राउ परेका सुनारमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।