× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजदेखि काठमाण्डौ उपत्यका भित्र दशैँका लागि नयाँ नोट साट्न सुरु

    २ वर्ष पहिले

    भदौ -२९, नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजदेखि नयाँ नोट साट्न थालिएको हो ।

    आजदेखि काठमाण्डौ उपत्यका भित्र नयाँ नोट सटही सुरु भएको र उपत्यकाबाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

    यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् ।उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक/एक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ पाउनेछन् ।