× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    शहिद लखन गाउँपालिकाद्वारा सडकमा राखिएका सामाग्री हटाउन निर्देशन

    २ वर्ष पहिले

    भदौ-३०, गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री हटाउन निर्देशन दिएको छ ।

    विहिबार शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले हस्ताक्षरित सुचनामा सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुनेगरी सडक खन्ने माटो थुपार्ने तथा निर्माण सामाग्री नराख्न र राखेको भए तत्काल हटाउन भनेको छ । त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पुर्याउने भएकाले गाउँ कार्यपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

    सूचनामा त्यस्ता कार्यले सडक बिग्रने मात्र नभएर सवारी तथा सर्वसाधारणलाई आवतजावतमा समेत प्रतिकल असर परि सडक दुर्घटनाको समेत जोखिम बढेको उल्लेख गरिएको छ ।

    गाउँ कार्यपालिकाले बैठकले सडक खन्न तथा निर्माण सामाग्री थुपार्न निषेध गर्ने निर्णय नै गरेकाले सार्वजनिक सडक अनाबश्यक रुपमा नखन्न र सडकमा निर्माण सामाग्री राखिएका भए ७ दिनभित्र हटाउन निर्देशन दिनुका साथै सार्वजनिक स्थलमा फोहोर नफाल्न समेत सवैलाई अनुरोध गरेको छ । अन्यथा कानुन बमोजिम भै जाने ब्यहोरा सुचनामा उल्लेख छ।