२ वर्ष पहिले
भदौ-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५० हजार ९ सय ९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ७ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख १७ हजार ६ सय ५० जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ७५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ९३ हजार ८ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ९ सय ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा ६३ जना रहेको छ।
२४ घण्टामा १ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८५ हजार १ सय ३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २० जना र भेन्टिलेटरमा शुन्य रहेको छ।