× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज मधेशी र थारू महिलाहरुले जितिया पर्व मनाउँदै

    २ वर्ष पहिले

    भदौ-२, मधेशी र थारू महिलाले आज(आइतबार) जितिया पर्व मनाउँदै छन्। बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ।

    आश्विन कृष्ण अष्टमीका दिन पानीसमेत नखाई भगवान् जीतमहान गोसाईँको पूजाआजा गरेर यो बस्ने परम्परा छ।

    मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो ।

    यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।